Tuesday, June 9, 2020

बैद्यनाथ धाम अछाम





सुदूर पश्चिमाञ्चल प्रदेशको अछाम जिल्लामा रहेको बुढि गंगा नदीको दाँया तटमा बैद्यनाथ मन्दिर अवस्थित छ।  मानसखण्डमा उल्लेख गरिएको स्खण्ड पुराण अनुसार देवी पार्वतीको विवाह भगवान शिवसँग भएको
यो प्रख्यात ठाउँ हो।

बैद्यनाथ धाम चार मुख्य धार्मिक स्थलहरु (कैलाश, मनसरोवर, खोचरनाथ, बैद्यनाथ) 
मध्ये एक हो। नेपालमा अछामस्थित बैद्यनाथ मन्दिरको हिन्दुहरुमा ठूलो धार्मिक महत्व छ। यो मन्दिर भगवान शिवलाई समर्पित छ र यसलाई बाबा धाम र बैजनाथ पनि भनिन्छ। 

मुख्य मन्दिरको साथै यहाँ संस्कृत विद्यालय पनि रहेको छ। संसारमा गाईहरूको सबैभन्दा सानो प्रजातिहरू मध्येको नौमुठे गाई पनि यहाँ रहेको छ।ईतिहासमा रुचि राख्नेहरूको लागि, मन्दिरसँग पनि धेरै चीजहरू छन्। नेपालको एकीकरणको क्रममा अठारौं शताब्दीको उत्तरार्धमा बहादुर शाहले अछामको सानो राज्यमा हमला गरे तर उनी हारमा पछि हटे। प्रक्रियामा उनले आफ्नो हतियार बैजनाथ मन्दिरमा राखेर हिडेका थिए जुन हतियार अहिले पनि सुरक्षित रुपमा रहेको देख्न सकिन्छ। महाशिवरात्रीको दिन यहाँ भक्तालुहरुको ठूलो घुइँचो लाग्ने गर्दछ। अन्य समयमा पनि यहाँ मानिसहरुको चहलपहल उति नै रहन्छ। 

अछाम जिल्लाको सदरमुकाम मंगलसेनबाट ३३ कि.मि. पश्चिम तर्फ अवस्थित यो मन्दिर पुग्न मध्य पहाडी लोकमार्ग हुँदै साफेबगरबाट सजिलै पुग्न सकिन्छ।